दफा १९
लेखाविद्, सल्लाहकार तथा कर्मचारी सम्बन्धी व्यवस्था
(१) बोर्डको काम प्रभावकारी रुपले सञ्चालन गर्नको लागि बोर्डमा आवश्यक संख्यामा लेखाविद्, सल्लाहकार तथा कर्मचारीहरु रहनेछन् । (२) बोर्डमा रहने लेखाविद्, सल्लाहकार तथा कर्मचारीहरुको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका शर्तहरु तोकिए बमोजिम हुनेछन् ।